ताजा समाचार

News

डोनाल्ड ट्रम्पकाे गैर आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन

२०७५ असार ७ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर आप्रवासी नागरिकसम्बन्धी आफ्नो नीति परिवर्तन गर्नु भएको छ । यस अघि आप्रवासी नागरिकप्रति ट्रम्पको नीतिको आलोचना भएपछि उहाँले नीति परिर्वतन गर्नु भएको हो ।  ट्रम्पको नीति अनुसार कागजात पूरा नभएका आप्रवासीलाई बन्धक बनाउँदा उनीहरुका सन्तानलाई अन्तै लगिएको थयो । अभिभावकबाट विछोडिएका बालबालिकाको तस्बिर सार्वजनिक भएपछि विश्वव्यापी रुपमा विरोध सुरु भएको थियो ।
 
ट्रम्पले अभिभावकबाट टाढिएका बालबालिकाको तस्बिरकै कारण आफू आफ्नै नीतिबाट पछि हटेको बताउनुभएको छ । उहाँले अन्तत गैर आप्रवासीका बालबालिका आमाबाबुसँग अलग नहुने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ ।  उहाँले आप्रवासीका परिवारलाई एकसाथ बस्न दिने  प्रतिवद्धता पनि जनाउनुभएको छ ।
 
यो नीति अनुसार अब अमेरिकामा गैर कानुनी रुपमा बसिरहेका आप्रवासीका परिवारलाई एकसाथ हिरासतमा लिइनेछ । तर हिरासतमा आमाबाबुसँगै बालबालिकालाई राख्दा नकारात्मक प्रभाव पर्ने शंका भए बालबालिकालाई छुट्टै पनि राख्न सकिने नीतिमा उल्लेख भएको बीबीसीले जनाएको छ ।  यो नीति कहिलेदेखि लागू गर्ने भन्ने बारेमा भने केहि खुलाइएको छैन । 

प्रमुख समाचार

कर्मचारी

View All