ताजा समाचार

News

सप्तकोशीमा ट्रक खस्यो, ३ जनाको अवस्था गम्भीर

२०७५ असार ६ बुधबार
image not found
सुनसरी –
पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा खसेको छ ।  जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी ब्यारेजको १९ र २० नम्बर ढोका बीचमा ठोक्किएर ट्रक नदीमा डुबेको हो । 
दुर्घटनापछि  ट्रकमा रहेका नौ जनाकै उद्धार गरिएको छ ।
 
उद्धार गरिएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । दुई जनाको होश नभएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताउनु भयो ।  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All