ताजा समाचार

News

अमेरिकामा आप्रवासन नीतिमा कडाइ गरिएसँगै १८ नेपाली पक्राउ

२०७५ असार ६ बुधबार
image not found
वासिंटन, असार ६ । 
अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा राखिएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।
 
जेलमा राखिएकाहरुमा १८ नेपाली र ५२ जना भारतीय रहेको जनाइएको छ ।, यस अतिरिक्त पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई एक्ला एक्लै राखिएको छ । उनीहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरिएको सो संस्थाले जनाएको छ ।
 
पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा रहेको वा गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा रहेको भन्दै शरणका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए । (एजेन्सी)

प्रमुख समाचार

कर्मचारी

View All