ताजा समाचार

News

काफल बेच्दै, कापी कलम किन्दै

२०७५ जेठ ८ मंगलबार
image not found

डोटी, जेठ ८ –

बुडर, गैरा, गोगनपानीलगायतका बजारमा अहिले बिहानदेखि रातिसम्म काफल बेच्ने स्कुले बालबालिकाको भिड लाग्ने गरेको छ ।

महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन् । डोटीलगायत प्रदेश ७ का पहाडी जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासमा हिजोआज काफलको छाप्रो बोकेका महिला र स्कुले बालबालिका देखिने गरेका छन् ।

न्यून आयस्रोत भएका तथा गरीब परिवारका महिला र बालबालिका काफल बेचेर आम्दानी गर्न थालेको जोरायल गाउपालिका गैराका स्थानीय छपेश मल्लले बताउनुभयो । काफल बेच्नेमा प्राय स्कुले केटीकेटी भेटिने गरेको यात्रुहरु बताउँछन् ।

अधिकांस आर्थिक अवस्था कमजोर भएका बालबालिकाले मौसमी फल विक्री गरेरै आफ्नो पढाइ खर्चको जोहो गर्ने गरेको गोगन पानीकी स्थानीय पवित्रा खत्रीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘न्यून आयस्रोत भएका स्कुले बालबालिकाका लागि काफल राम्रै आम्दानीको स्रोत बनेको छ, दिनभरीमा झण्डै २ हजार सम्मको काफल विक्रि गर्ने गरेका छन्, स्कुलको खर्च उठेको छ ।’

स्कुले बालबालिका विद्यालय समय पछि यो व्यवसायमा लाग्ने गरेका छन् । खडेरी तथा असिना पानीले बालीको उत्पादन घटाएपछि बालबालिकाले काफल बेचेरै अन्नसमेत किन्ने गरेको स्थानीय बताउँछन् । 

प्रमुख समाचार

कर्मचारी

View All