ताजा समाचार

News

मन्त्री बिना मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

२०७५ बैशाख ११ मंगलबार
image not found
 
बेलौरी, बैशाख  १० -
 
खानेपानी मन्त्री बिना मगर कञ्चनपुरका तीन बालबालिकाको अभिभावक बनेकी छिन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरको दक्षिणी क्षेत्रका ३ छात्रको अभिभावक बनेकी हुन् । सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराईन् ।  
 
मन्त्री मगरले बेलौरी नगरपालिका–१०  शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराउनुभएको हो । 
 
शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताईन् ।  ‘भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ, ‘उनले भनिन्, ‘सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ।’ 
 
 गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताए । समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य भएको बताउदै मन्त्री बिनाले शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिने बताए ।
 
विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनको भनाई छ । मन्त्रीका हातबाटै विद्यालयमा भर्ना हुनपाएपछि दक्षिणी क्षेत्रका बालबालिका र अभिभावक हर्षित भएका छन् । पहिलो पटक निर्वाचित सांसद एव मन्त्रीले आफ्नो बालबालिका एव गाँउमै आएर विद्यार्थी भर्ना गरेको भन्दै दक्षिणी क्षेत्रका जनता मन्त्रीप्रति आभार भएका छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All