ताजा समाचार

News

वान ७ नम्बर प्रदेशको संयोजकमा महता

२०७४ चैत २५ आइतबार
image not found
कञ्चनपुर, चैत्र २५
रेडियो संचालकहरुको साझा संस्था ब्रोडकाष्टीङ एसोसिएसन अफ नेपाल (वान)को १३ औँ अधिवेशन सम्पन्न भएको छ । राजधानी काठमाण्डौँमा सम्पन्न भएको वानको अधिवेशनबाट ७ नम्बर प्रदेशको संयोजकमा ज्ञानेन्द्र महता निर्वाचित हुनुभएको छ । 
राष्ट्रिय एफ.एमका संञ्चालक तथा प्रबन्धक महताले १४ मत ल्याएर निर्वाचित हुनु भएको हो । उनका निकट्तम प्रतिद्वन्दी कैलाली एफ.एमका संञ्चालक नवराज खनालले ११ मत ल्याएका थिए ।  
प्रदेशको उप संयोजकमा रेडियो निङलाशैनि एफ.एमका संञ्चालक तथा प्रवन्धक महेश अवस्थीले १४ मत ल्याएर विजयी हुनु भएको छ,  भने उनका निकट्तम प्रतिद्वन्दि रेडियो बेलौरी एफ. एमका स्टेशन म्यानजर हरिश चन्द्र बाग ११ मत ल्याएका थिए । सचिवमा खगेन्द्र जैशी १४ मतका साथ विजयी भएका छन भने उनका निकटम प्रतिद्वन्दी गोविन्द भण्डारीले ११ मत ल्याएका थिए । कोषध्यक्षमा रेडियो सुदुर संञ्चारका स्टेशन म्यानेजर बाशुदेव भट्ट (सितल)ले १४ मत ल्याएर विजयी हुनु भएको छ, उनका  निकट्तम प्रतिद्वन्दी रेडियो डोटीका चक्र कुवँरले ११ मत ल्याएका थिए ।  
सदस्यमा रेडियो झलारीका स्टेशन म्यानेजर हरिभान साँउद प्रभु एफ.एमका स्टेशन म्यानेजर भोजराज पन्त गोचाली एफ.एमका प्रवन्धक बलराम चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । वानका नवनिर्वाचित प्रतिनिधीले संञ्चार क्षेत्रको विकासका लागी आ–आफ्नो क्षेत्रबाट प्रतिबद्धता जाहेर गरेका छन् । प्रदेश नं ७ का लागी सहमती हुन नसक्दा निर्वाचन समेत भएको थियो, भने प्रदेश नं ७ मा जम्मा २४ मतदाता रहेको वान संस्थाले जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All