ताजा समाचार

News

कञ्चनपुरमा सवा करोडका ईटा नष्ट

२०७४ चैत २४ शनिबार
image not found
२४ बेलौरी,
बर्षाका कारण कञ्चनपुरमा सवा करोड मुल्य बराबरका ईटा नष्ट भएका छन् । गयराती परेका बर्षाका कारण कञ्चनपुरका विभिन्न इटा उद्योगका काचा ईटा झिजेर नष्ट भएका हुन् । 
महाकाली इटा टायल उद्योग व्यवसायी संघले कञ्चनपुरमा रहेका ३९ इटा तथा टायल उद्योगमा उत्पादन भएका काचा इटा नष्ट भएको जनाएको छ । महाकाली ईटा टायल उद्योग व्यवसायी संघले कञ्चनपुरका अध्यक्ष बलदेव सिह बुडालले पकाउनका लागि फिल्डमा राखिएका काचा ईटा नष्ट भएका छन् । उनका अनुसार हरेक ईटा उद्योगमा ३ हजारदेखि ५ हजारसम्म इटा नष्ट भएका छन् । 
औषतमा एक लाख ५६ हजार इटा नष्ट भएका छन् । ‘सुख्खायामको चैत्र महिनामा बर्षा भएपछि कञ्चनपुरका ईटा व्यवसायी मारमा परेका छन्, ‘अध्यक्ष बुडालले भने, ‘चैत्रमै यस्तो हुन्छ, भने बर्षातमा झन के होला ।’ ईटा व्यवसायीको पीडाबारे सम्बन्धीत निकायले बुझ्नुपर्ने उनको भनाई छ ।
 
लाखौँ लगानीमा संचालन भएका ईटा उद्योग प्राकृतिक विपद्तीका कारण झिजेपछि उद्योगी मारमा परेको अध्यक्ष बुडालले बताए ।  करोडौँका ईटा नष्ट भएपछि समग्र विकास निर्माण र राज्यको आयमा समेत घाटा भएको छ । अहिले कञ्चनपुरमा प्रति एक ईटा ९ देखि १२ रुपैयासम्म कारोबार भईरहेको छ । बर्षातका कारण ईटा व्यवसायी समस्यामा परेका कारण यसको वैकल्पिक व्यवस्थाको खोजी गर्नुपर्ने देखिएको छ । 
 

 

प्रमुख समाचार

कर्मचारी

View All