ताजा समाचार

News

बेलौरी का आयल स्टोर रित्तै : पसल हरुमा भने छ्याप- छ्याप्ति पेट्रोल

२०७४ चैत २४ शनिबार
image not found
नरेन्द्र कुँवर 
२४ चैत्र , बेलौरी
 
बेलौरी नगरपलिकाले खुल्ला स्थानहरुमा तेल(पेट्रोल) बेच्न नपाइने भन्ने निर्णय गरेको १ महिना भन्दा बढी भै सक्दा पनि बेलौरी बाजारमा पेट्रोलको कालो बजारी रोकिएको छैन ।बेलौरी बजारमा रहेका दुइ ओटै आयल स्टोरमा पेट्रोलको अभाव भईरहेका बेला  बेलौरी बजारमा रहेका अधिक  पसलहरुमा भने बोत्तलमा राखेको पेट्रोल प्रशस्त परिमाणमा पाइने गरेको जनाएको छ । जसका कारण पम्पको तेलभन्दा उक्त तेल गुणस्तरहिनका साथै चर्काे मुल्य लिई बिक्री वितरण गरेको पाईएको छ । 
 
यस विषयमा बेलौरी नगरपलिकाले खुल्ला स्थानहरुमा तेल बेच्न नपाइने भन्ने निर्णय समेत गरेको थियो । तर त्यो निर्णय कागजमा मात्र सिमीत रहेको छ , कार्यान्वयन भने हुन नसकेको स्थानिय बासीको  गुनासो रहेको छ ।बेलौरी उद्योग बाणिज्य संघ, बेलौरी नगरपालिका एबम सरोकारवालाहरुको ध्यान नजानु एबम बेवास्ताका कारण  बेलौरीमा  अवैध रुपमा पेट्रोल बेच्नेहरुको को सङ्ख्यामा  कमि आउन सकेको छैन । 

प्रमुख समाचार

कर्मचारी

View All