ताजा समाचार

News

छेला क्षेत्रको विकास अघि बढाउँछु : मन्त्री बिना

२०७४ चैत २१ बुधबार
image not found
बेलौरी कञ्चनपुर, चैत्र २२ -
 
बुधबार खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको छेला औद्योगिक क्षेत्र र पर्यटकिय क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री बिनाले जिल्लाको उत्तरी चुरे क्षेत्रका धार्मिक, पर्यापर्यटनका साथै बेदकोट नगरपालिका–२ र ३ मा बन्ने भनिएको छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको हो ।
 
 नेकपा माओवादी केन्द्रका नेता ओम बिक्रम भाट (सरल)ले बिना मन्त्रीभएपछि बेदकोट क्षेत्रको धार्मिक पर्यटकिय स्थलका साथै औद्योगिक क्षेत्रको अध्ययन गरेको बताए । नेता सरलका अनुसार बेदकोट नगरपालिका ४ बैतडामा रहेको घटाल बाबाको मन्दिर, ४ बगुनमा रहेको शिवलिङ्गेश्वर शिवालय, बेदकोट ताल र छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । 
 
यसका साथै मन्त्री बिनाले बेदकोट नगरपालिका ५ धरमपुरमा रहेको खानेपानी आयोजनाको समेत स्थलगत निरिक्षण गर्नुभएको छ । बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष गणेश विक (कुसल)ले धमरपुर खानेपानी विस्तारका लागि बजेट माग गरेका छन् । बेदकोट नगरपालिका ५ वडा समिति र धरमपुरमा रहेको खानेपानी आयोजना समितिले मन्त्रीको स्वागत गर्दै आयोजना विस्तारका लागि सहयोगमा माग गरे ।
 
यस्तै नेकपा माओवादी केन्द्र बेदकोट नगर समितिले पनि खानेपानी मन्त्रीको स्वागत गर्दै बेदकोट क्षेत्रका ठुला आयोजना संचालन गर्नका लागि बजेटको माग गरेको छ । बेदकोट नगरपालिकाले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  एक हजार ६सय २० रोपनी जमिन मध्ये, ५सय ५० रोपनी जमिनको मात्रै सम्भाव्यता अध्यनन गरेर प्रतिवेदन बनाईएको छ । ५सय ५० रोपनी जमिन क्षेत्रफलमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ । पहिलो चरणमा ५६ उद्योग स्थापना हुनेछन् । जसमध्ये खाद्य, प्लाष्टिक, जटिबुटी प्रसोधन, कृषिजन्य, हस्तकला, गारमेण्टस लगायतका उद्योगहरु स्थापना हुनेछन् । सरकारले नयाँ नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि विषेश लगानी कर्ताहरुलाई आकर्षण गर्नका लागि कार्यक्रम संचालन गर्न सकेको छैन् । 
 
बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि छेला औद्योगिक क्षेत्र विस्तारका लागि ४५ करोड, ५५ लाख, ४४ हजार ८८० रुपैया बराबर बजेट विनियोजित समेत गरेको छ ।  
बेदकोट नगरका उप प्रमुख शुशिला सिहले खानेपानी मन्त्री बिनालाई ज्ञापन पत्र बुझाएका थिए । बेदकोट क्षेत्रका धार्मिक पर्यटकिय एव छेला औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण समेत गर्दै मन्त्री बिनाले आर्थिक विकासका लागि समेत छेला औद्योगिक क्षेत्र विस्तारमा पहल गर्ने प्रतिबद्धता जोहेर गरेकी छिन् । मन्त्री बिनाले आफ्नो तर्फबाट यस क्षेत्रको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने घोषणा गरेकी छिन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All