ताजा समाचार

News

कक्षा ८ को सबै विषयका प्रश्नपत्र चोरी, परीक्षा स्थगित

२०७४ चैत १ बिहिबार
image not found

बर्दिया, चैत १ –

कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहीबारदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ को परीक्षा पश्नपत्र चोरी भएपछि स्थगित भएको हो ।

बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले जानकारी दिनुभयो ।

लालिगुँरास माध्यामिक विद्यालयको कार्यालयमा राखिएका कक्षा ८ का ९ वटै विषयका प्रश्नपत्र बुधवार राति विद्यार्थीले कोठाको ताला फोरेर चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रश्नपत्र चोरेको आशंकामा कक्षा ८ का चार जना र कक्षा ९ का एकजना गरी ५ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको डिएसपी युवराज खडकाले बताउनुभयो ।

सबै विषयका दुईचार वटा प्रश्नपत्र चोरी भएपछी बाँसगढी नगरपालिकाका सम्पूर्ण विद्यालयमा कक्षा ८ को परीक्षा स्थगित भएको विद्यालय निरीक्षक निगारले बताउनुभयो । नगरपालिकाले शुक्रबार बैठक बसी नयाँ प्रश्नपत्र बनाउने र परीक्षा मिती तोक्ने उहाँले बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All