ताजा समाचार

News

आइसीसी एकदिवसिय मान्यतामा नेपाल

२०७४ चैत १ बिहिबार
image not found

चैत्र १ -

आइसीसी एकदिवसिय मान्यता नेपालले पाएको छ । बिहीबार जिम्बावेमा भएको पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो प्लेअफ खेलमा नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गर्यो ।

रनरेटका आधारमा नेपाल एकदिवसिय मान्यता पाउन सफल भएको हो । भने नेदरल्याण्डले यसअघि नै एकदिवसिय मान्यता पाइसकेको छ ।

यस अघि नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले नटआउट सर्वाधिक ५० रन बनाए । नेपालको शुरुवात खबरा रहेपनि दिपेन्द्रसिंह ऐरीले नेपालको व्याटिङ समालेका थिए ।

ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ र अनिल साह ९ रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका २० रनमा आउट हुँदा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखको जोडीले जितसम्म पुर्याउन ठूलो योगदान गरे ।

नेपालको सय रन पूरा भएपछि आउट भएका आरिफले २६ रन बनाएर आउट भए । रोहित पौडेलले नटआउट ३ रन बनाए ।

यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४र४ रकरण केसी र सोमपाल कामीले १र१ विकेट लिए ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७।२ ओभरमा ११४ रनमा अलआउट भएको थियो।

आइसीसी एकदिवसिय मान्यता पाउनका लागि नेपालले हङकङ र नेदरल्याण्डस्बीच जारी खेलको नतिजा पर्खिनु परेको छ ।