ताजा समाचार

News

बेल्डाँडीका महिला व्यवसायीक सीप तिर आक्रसित बन्दै

२०७४ चैत १ बिहिबार
image not found
विमल धामी /
बेल्डाँडी, चैत्र १ -
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका महिला आत्मनिर्भर हुनका लागि व्यसायीक सीपसिक्न तिर आक्रसित बन्दै गएका छन् ।
जनसंख्या बृद्धी संगै देशमा मचिन लागेको बेरोजगारीलाई मध्य नजर गर्दै आयमुलक सीपसिक्न तिर महिला उन्मुख हुनलागेका हुन ।
 
बेल्डाँडी गाउँपालिकामा फागुन ११ गते देखि जेठ १० गते सम्म सामाजिक कल्याण र सहायता संगठन नेपालको आयोजनामा ३ महिने निःशुल्क सीपमुलक हाते कढाई (बुटिक) तालिम संचालन भएको छ ।
 
उक्त तालिममा बेल्डाँडी गाउँपालिकाका २० जना महिला सहभागि भएका छन् । सो कढाई बुटिक तालिम ५,६ बर्ष लामो अनुभव भएका प्रशिक्षक गणेशी चौधरीले दिई राख्नु भएको छ । उनका अनुसार “ यो ३ महिनामा सुट, साडी, ब्लोज, घुम्टी, लेहङ्गा आदीमा कढाई गर्न सिकाइने बताए ।” यो सीप सिकेर काम गर्यो भने आत्मनिर्भहुने बताए । मैले पनि यसरीनै काम सिकेर काम सिकाउन सम्म पुगेको बताए ।
 
सहभागिहरुले भने यो काम सिकिसके पछि आयमुलक काम गर्ने बताउनु भयो । कसै कसैले यस्तो काम सिकेर प्रशिक्षकको भुमिका निर्वाह गर्ने समेत जनाउनु भयो ।
 
सहभागि लक्ष्मी उपाध्यायले भने “यो काम सिकिसके पछि घरपरिवार अन्य बेरोजगार महिलाहरुलाई काम सिकार्ई सबैलाई दक्ष बनाउने कुरा बनाउनु भयो । ” यस्तो काम बेल्डाँडीमा पहिलो पटक आएको बताउदै सबै सहभागिहरुले ध्यान पुर्वक सीपसिक्न अनुरोध समेत वहाको रहेको थियो । बजारीया कढाई भन्दा आफैले हातले बनाएको कढाई राम्रो हुने वहाँको विश्वास रहेको छ ।
 
पछिल्लो समयमा सीपमुलक कार्य सिक्नमा बेल्डाँडीका महिलाहरु उत्साहित देखीएका छन् । यस्ता कार्य फेरी पनि ल्याउनु पर्ने सहभागीहरुको माग रहेको छ । धरै जसो महिलाले ब्युटी पार्लरको काम फेरी दिनु पर्ने बताउछन् ।