ताजा समाचार

News

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

२०७४ फाल्गुण २८ सोमबार
image not found

काठमाडौं, फागुन २८

 
युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ । घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ ।
 
विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।  विमान कति यात्रु थिए र कहाँका  थिए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएकाे छैन । उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएकाे छ । उद्धारका लागि अान्तरिक तथा बाह्य गरी सबै उडान बन्द गरिएकाे विमानस्थल कार्यालयले जनाएकाे छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All