ताजा समाचार

News

जनयुद्धमा शहिद र वेपत्ता पारिएका परिवारजनलाई सम्मान

२०७४ फाल्गुण २२ मंगलबार
image not found
 बेलौरी / फागुन २२ -
 
सोमबार कञ्चनपुरको बेलौरीमा शहिद तथा वेपत्ता परिवारका पीडित परिवारजनलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले महान शहिद तथा बेपत्ता पारिएका परिवार जनलाई सम्मान गरेको हो ।  नेकपा माओवादी केन्द्र कञ्चनपुर संयोजक बिरबहादुर थापाको प्रमुख आतिथ्य र   नेकपा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन समिति सदस्य यज्ञ कँडेल को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
 
दशवर्षे जनयुद्धमा कञ्चनपुरमा एक सय ४६ जना शहिद तथा ३० जना वेपत्ता परिवार रहेको नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक बिर बहादुर थापा पातलले बताउनु भयो । हरेक वर्ष फागुन १४ देखि २१ गते सम्म मनाइने शहीद सप्ताह अन्तर्गत नेकपा माओवादी केन्द्र बेलौरी नगरसमितिले आयोजना गरेको कार्यक्रममा दश वर्षे जनयुद्धमा शहिद भएका र वेपत्ता पारिएका पीडित परिवारजनलाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित गरिएको हो ।
 
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा शहिद भएका र वेपत्ता पारिएका पीडित परिवारका सदस्य, बेलौरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सदस्य, माओवादी केन्द्रका स्थानीय कार्यकर्ता सहितको सहभागिता रहेको थियो । शहिद सप्ताह कार्यक्रम कञ्चनपुर जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा मनाइएको पनि संयोजक थापाले जानकारी दिनुभयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All