ताजा समाचार

News

आइतबार पुनर्वासका तिन बालक हराए

२०७४ फाल्गुण २१ सोमबार
image not found
नरेन्द्र कुवर/
बेलौरी,फागुन २१
कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३ बालक आइतबारदेखि हराएका छन । हराउनेमा पुनर्वास नगरपालिका ५ ग गाउँका १२ बर्षिय सुदिप थापा र कल्याण सिंहका जुम्ल्याहा दुई छोरा ९ बर्षिय आशिष शिंह र ९ बर्षिय अभिषेक शिंह रहेका छन । 
 
इलाका प्रहरी कार्यालयमा त्रिभुवनबस्तीमा सुदिप थापाको बुवा भक्त बहादुर थापाले निवेदन दर्ता गराएका छन । प्रहरीले वालकहरुको खोजी कार्य जारी राखेको अस्थायी प्रहरी चौकी आईबिआरडीका प्रमुख प्रहरी सहायक निरीक्षक योगेन्द्र बलायरले बताए । 
 
बालकहरु भारततर्फ गएको हुनसक्ने आशंका भएको बालकको आमा रेखा शिंह ठकुरीले बताइन । उनले बालकको खोजी गर्दै पुनर्वास र बेलौरी नगरपालिकाका धेरै स्थान र आफन्तका घरमा सोधपुछ गर्दा समेत नभेटिएको भन्दै भाबुक बनिन । 
 
बालकहरुलाइ देख्ने जो कसैले सिधा सुदिप थापाको बुवा भक्त बहादुर थापाको मोबाइलमा खबर गरि सहयोग गर्न सक्नुहुनेछ । फोन ९८१०७००३६४ मा सम्पर्क गर्न्सकिन्छ ।  बालकहरु आइतबार दिउँसो २ बजे घरबाट हराएका हुन ।

प्रमुख समाचार

कर्मचारी

View All