ताजा समाचार

News

मोटरसाइकल दुर्घटनामा नासुको मृत्यु

२०७४ फाल्गुण १५ मंगलबार

 फागुन १५ । दाङको घोराहीमा मंगलबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

तुलसीपुरको यातायात व्यवस्था कार्यालयमा कार्यरत् नायबसुब्बा हरिबहादुर नेपालीको घोराहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ रा३प ८७७३ नम्बरको मोटरसाइलकमा जाँदै गरेका नेपालीलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ६२० नम्बरको ट्रकले ठक्कर दिएको र पछाडिबाट रा१त ८३५ नम्बरको ट्याक्टरले च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर–४ घर भइ केही समयदेखि यातायात व्यवस्था कार्यालय राप्तीमा कार्यरत् थिए ।

प्रमुख समाचार

कर्मचारी

View All