ताजा समाचार

News

झिलमिला प्रहरी चौकीका इन्चार्ज भण्डारीले चौधरीको बङ्ग्रा टुटाए

२०७४ माघ २१ आइतबार
image not found
विमल धामी / बेल्डाँडी -
 
बेल्डाँडी इलाका प्रहरी मातहतमा रहेको झिलमिला प्रहरी चौकीका इन्चार्ज जय सिह भण्डारीले स्थानीय वासीको मागेर चलाएको गाडीले ठक्कर दिदा एक जना स्थानीय बासी गम्भिर घाईते भएका छन् । बेल्डाँडी गाउँपालिका वडा नं. ३ बैवाहमा शुक्रवार साझ बैवाह देखि प्रहरी चौकी जाने क्रममा बैवाहको दुर्गा चोकमा पतिराम चौधरीलाई ठक्कर दिदा चौधरी गम्भिर घाइते भएका छन् ।
 
तेज गतिमा रहेको गाडी अनियन्त्रित हुदा चौधरीलाई ठोकेको थियो । घाइते चौधरीलाई बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याउदा स्वास्थ्य केन्द्रले आफुले नसक्ने भन्दै धनगढी रिफर गरेको थियो ।
 
धनगढी पुर्याएका घाइते चौधरीको त्यहाँ पनि उपचार नहुन सकेको घाइतेका आफ्न्तले जानाएका छन् । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का अध्यक्ष दुर्गाप्रसाद चौधरीले मुखको बङ्ग्रा टुटेको जानकारी गराउनु भयो । धनगढीमा पनि वहाँको उपचार नहुने भनेपछि आफ्न्त चिन्तित बनेका छन् । वहाँ लाई काठमाडौं लैजाने तयारी भएको आफन्तले जनाएका छन् ।
 
यसरी गाउँघर, कच्ची बाटोमा तेज गतिमा मोटरसाइकल चलाउदा दुर्घटना भएको स्थानीय बासीहरुको भनाई छ । प्रहरी इन्चार्ज हुँ भन्दै दादागिरी शैलीले गाडी पहिले पनि हाक्दै आएका स्थानीय बताउछन् ।
 
दैनिक फेरी गर्ने, साना पसले देखि ठुला तस्कर बाट पसै असुल्दै आएको स्थानीय बासी बताउछन् । एक स्थानीयले नाम नखोल्ने शर्तमा भने हतारमा तस्कर बाट पैसा असुल्ने चक्करमा जादा दुर्घटना भएको जनाए । 

प्रमुख समाचार

कर्मचारी

View All