ताजा समाचार

News

प्रथम Wisdom Talent Quest - 2074 (A Mega Quiz Contest ) सम्पन्न ।

२०७४ माघ २० शनिबार
image not found
 
नरेन्द्र कुवर 
बेलौरी २०/
 
विज्डम एकेडेमी बेलौरी द्वारा आयोजना गरिएको प्रथम सम्पन्न भएको छ।  कार्यक्रमको संचालन शिक्षक टेक सिंह शाहीले गर्नुभएको थियो उक्त कार्यक्रमको सभापति स्कुलका प्रिन्सिपल गोबिन्द सिंह थापा रहनु भएको थियो प्रमुख अतीथिमा कंचनपुर एन.पेप्सन अध्यक्ष दिपक राज भट्ट र विशिष्ट अथिति कंचनपुर एन.पेप्सन सचिव बलदेव भट्ट रहनु भएको थियो।
 
उक्त Quiz Contest मा १६ स्कुलका कक्षा  १० मा अध्यनरत ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो। सिद्दार्थ बोर्डिंग स्कुल र लिटिल गार्डन बोर्डिंग स्कुलक विद्यार्थीको बराबरी अनि महाकाली मा वि  र ब्राइट स्टार बोर्डिंग स्कुलका  विद्यार्थीको बराबरी अंक आएकाले पु:न गरिएको थियो। जसमा लिटल गार्डनका दिपक सिंह भण्डारी प्रथम, सिद्दार्थ बोर्डिंग स्कुलका रामसरण भुल द्वितीय,महाकाली मा वि का मन्जिल ढुंगाना तृतिय र  ब्राइट स्टार बोर्डिंग स्कुलका उमेश बिष्ट शान्तोना भएका छन् ।
 
उक्त Quiz Contest मा सहभागी सम्पूर्ण स्कुललाई प्रमाणपत्र प्रदान गरिएको थियो भने Quiz Contest मा प्रथम,द्वितीय,तृतिय र शान्तोना विद्यार्थीलाइ नगद र प्रमाणपत्र दिइएको थियो। बिशेष गरि को तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग र सिक्ने अवसर मिलोस भन्ने उदेश्यले उक्त Quiz Contest को आयोजना गरिएको थियो उक्त Quiz Contest मा विज्डम एकेडेमी सहभागी थिएन ।

प्रमुख समाचार

कर्मचारी

View All