ताजा समाचार

News

फेरी ल्याए गायक चक्र बमले फरक खालको सिर्जना "बम्बै टाप"

२०७४ माघ १८ बिहिबार
image not found
नरेन्द्र कुवर
बेलौरी १८/  
 
नाच मेरी झुमा बाट चर्चाको सिखरमा पुगेका बम युवायुवतीदेखी बुढाबुढीसम्मलाई सुहाउने र हिट गितहरु बजारमा ल्याएर निकै चर्चा कमाएका सुदूरपश्चिमेली गायक /मोडेल  चक्र बमले आफ्नै गाउँकी बेलमतीलाई लिएर बम्बै गैजाने कुरा गरेपछि अहिले फेरी नेपाली साँगितिक बजारमा हल्लीखल्ली मच्चिएको छ ।
 लाखौ लाख श्रोताहरुको मन जितिसकेका गायक बमले आफ्नै गाउँकी बेलमतीलाई नै किन रोजेर बम्बै गैजाने कुरा गरे होलान ? भन्ने बिषयमा यति बेला सबैलाई चासो हुने कुरा स्वाभाविक हुने नै भयो ।
नझुक्कीनुहोस् पाठकहरु खासमा उनले गाउँकी बेलमतीलाई रेलगाडीमा बम्बै लैजाने कुरा गरेका हैनन् । पछिल्लोपटक उनले  नयाँ गीत ‘टाप बम्बै’ बोलको गीतमा बम्बै लैजाने र गैजाने कुरा गरेका हुन् ।
उनले बुधबार सार्बजनिक गरेको उक्त गीतमा आफ्नो बालापनको साथीहरुसंग खेलेको, रमाइएको, र बेहुलाबेहुली खेल खेलेको सम्झाना आउने खालको सब्दहरु समेटिएका छन् । यि सब्दहरुले संगीतप्रेमी सम्पूर्ण लाखौलाख श्रोताहरुको मन छुने बमको भनाइ छ ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त डान्सिङ्ग गीतमा सब्द संगीत चक्र बमको रहेको छ, भने अमर खड्का र पुष्पा बोहोराले स्वर दिएका छन् । चक्र बम करिश्मा ढकाललगायतका कलाकारहरुले अभिनय गरेको उक्त गीतको क्यामरामा प्रकाश खड्का र सम्पादन मिलन बिकले गरेका छन्।
बिक्रम चौहानले निर्देशन गरेको यो गीतको भिडियो हेर्दा सबैलाई नाचौ नाचौं लाग्ने खालको बनेको छ । गायक तथा संगीतकार चक्र बमले यो गीतले पनि बिगतका अरु गीतहरु जस्तै बजार पाउने आशा गरेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All