ताजा समाचार

News

बेलौरी नगरपालिका ३ मा एक बेवारिसे बृद्ध महिलालाई अध्यक्ष शाहीको राहत

२०७४ माघ १६ मंगलबार
image not found
 
सितल भट्ट /
बेलौरी १६ -
बेलौरी नगरपालिका वडा नम्बर ३ मा एक बेवारिसे बृद्धा महिलालाई गोकलपुर बजार ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र शाही “बिरु” ले राहत बितरण गरेका छन् । बिगतलामो समय देखि खेतको आलिमा झुपडी बनाएर दयनिय अवस्थामा बस्दै आएकी बिष्ना जोशी नाम बताउने अन्दीजी ७५ बर्षिय बृद्धालाई बजार ब्यवस्थापन समितिका अध्यक्ष शाहिले सम्मान स्वरुप राहत बितरण गरेका हुन । 
 
एकान्त खेतको आलिमा सानो झुपडी बनाएर बसेकी बेवारिसे बृद्ध महिलालाई घाँस काट्न गएका स्थानिय मोतिकला शाही र लक्ष्मी भण्डारीले देखेका थिए । सितलहर र चिसो मौसममा खेतको आलिमा बृद्ध महिलालाई एक्लै देखेपछि स्थानिय समाजसेबि राम सिंह भण्डारीलाई खबर गरे लगत्तै स्थानिय समाजसेबिहरुको समुह एवम् किसन नेपालीको अगुवाईका साथै बजार व्यवस्थापन समितिका अध्यक्ष शाहीको बिषेश पहलमा राहत स्वरुप ७ हजार बराबरको खाद्यान्न नुन, तेल, दाल, चामल,सहित सिरक डस्ना, लुगा कपडा बितरण गरिएको थियो । 
 
अध्यक्ष शाहीका अनुसार उक्त राहत सामग्री जुटाउन गोकलपुर बजार व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरु लगायत स्थानिय व्यापारीहरुले सहयोग गरेको बताउनुभयो । जन्मदिने आमालाई बुढेसकालमा यसरी बेवास्ता गर्नु निन्दनिय अपराध भएकाले जति सक्दो चाडो उचित पालन पोषणका लागि उहाँका अफन्तहरुको जिम्मा लगाउने समेत अध्यक्ष शाहीको कथन छ ।    
 
बृद्ध महिला भन्छिन " न घर, न बाँस, न छोराको आस, राहत बुझ्दै धुरु धुरु रोईन "। बिगत लामो समय देखि एक्लै बस्दै आएकि ७५ बर्षिया बृद्ध महिलाका ३ छोरा समेत रहेको स्थानियले बताए ।    
 
 
 
 
  

 

प्रमुख समाचार

कर्मचारी

View All