ताजा समाचार

News

प्रदेश ७ मा मुख्यमन्त्री, प्रदेश बैठक र मन्त्रालय राख्न तयारी सुरु

२०७४ माघ १५ सोमबार

कैलाली माघ १५-

७ नम्बर प्रदेशमा मुख्यमन्त्रीको कार्यालयको लागि काम भैरहेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्रीको कार्यालय राख्न तयारी सुरु गरिएको हो । सबैभन्दा पहिला मुख्यमन्त्रीको पदबहाली पछि कार्यभार सम्हाल्नका लागि मुख्यमन्त्रीको कक्षको तयारी भैरहेको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रहनु भएका शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख रविन्द्र बोहराले बताउनुभयो । 

धनगढीमा प्रदेश संसद् भवनका लागि तयार पार्न लागिएको जिल्ला समन्वय समितिको भवनको पुनर्निर्मार्णको काम पनि भैरहेको छ । माघ २१ गते पहिलो प्रदेशसभा बैठक बस्ने छ । 

प्रदेशसभा भवनमा संसद् बैठक स्थलको निर्माण, कुर्सी टेबलको व्यवस्थापन, रंगरोगनका साथै अन्य पूर्वाधारहरु निर्माणको काम तीव्र गतिमा भैरहेको हो । 

यस्तै प्रदेश कार्यालय व्यवस्थापन समितिले वडा प्रहरी अगाडी निर्माण भैरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा सामाजिक विकास मन्त्रालय, जिल्ला कृषि विकास कार्यालयमा आर्थिक तथा कानुन मन्त्रालय, क्षेत्रीय सिंचाई निर्देशनालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय राख्ने निर्णय गरेको छ । 

यस्तै आन्तरिक राजश्व कार्यालयको परिसरमा निर्माण भैरहेको नवनिर्मित भवनमा आर्थिक मामिला तथा उद्योग मन्त्रालय, तारानगरमा रहेको क्षेत्रीय पशु तालिम केन्द्रको कार्यालयमा भूमि व्यवस्था तथा कृषि मन्त्रालय र क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग पर्यटन, वातावरण तथा वन मन्त्रालय राख्ने निर्णय गरेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All