ताजा समाचार

News

“थारुके लौव बर्ष ओ माघी मिलन” कार्यक्रम भव्यताका साथ सम्पन्न,

२०७४ माघ १ सोमबार
image not found
सितल भट्ट /
बेलौरी माघ १ -
आज बेलौरी नगरपालिका ५ सुदर्शनपुरमा दर्शन युवा क्लबको आयोजनामा “थारुके लौव बर्ष ओ माघी मिलन” बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । “हामार संस्कृति हामार पहिचान पहिचान बचईना हमार अभियान” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । 
 
बेलौरी नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष साईतु कुमार चौधरीको सभापतित्व र बेलौरी नगरपालिका का नगर प्रमुख पोतिलाल चौधरी ज्यु को प्रमुख आतिथ्य मा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमको बिशिष्ट आतिथ्यमा लालझाँडी गाँउपालिका अध्यक्ष मदन सिंह बडायक, माओवादी केन्द्रका केन्द्रीय महाधिवेसन समिति सल्लाहकार बलदेब सिंह बुडाल, जिल्ला संयोजक बिर बहादुर थापा “पातल”, बेलौरी नगरपालिका १ का अध्यक्ष रतन बहादुर शाही, ४ का अर्जुन सिंह ढकाल, लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा बिभिन्न संस्कृति एवम् पहिचान झल्काउने नृत्य प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले “थारुहरुको नयाँ बर्ष माघी मिलनको शुभ कामना व्यक्त गर्दै, राना थारुहरुको भाषा संस्कृति संरक्षण र पहिचानका लागि आफुले नगरस्तर बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले भव्य सव्य कार्यक्रम गरेर भाषा, संस्कृति र पहिचान झल्काउनमा दर्शन युवा क्लब सुदर्शनपुरले गरेको कार्य प्रति आभार प्रकट गर्नु भयो । 
 
यस्तै, बेलौरी नगर पालिका वडा नं. ५ का अध्यक्ष तथा कार्यक्रमका सभापति साईतु कुमार चौधरीले “  थारुको संस्कृति परम्परा लोप हुन नदिन र पहिचान संरक्षणका लागि प्रत्येक बर्ष वडा बाट बजेट बिनियोजन गर्नुका साथै वडाको बिकाशका लागि आफु निरन्तर रुपमा खटि रहने बताउनु भयो । साथै कार्यक्रममा उपस्थित सबै माहनभावहरुलाई माघी मिलनको शुभकामना टक्राउदैं नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चौधरीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नु भयो । भने यस्तै उक्त कार्यक्रममा बिशिष्ट अतिथि लगायत मिडिया पाटर्नरका रुपमा रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक सितल भट्टलाई कदर पत्र सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो । 
 
थारुजातिहरु को नयाँ बर्षका रुपमा मनाईने यस पर्वलाई संस्कृति संरक्षण र पहिचान झल्काउनका निमित्त हरेक बर्ष माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन भईरहेको दर्शन युवा क्लबका संयोजक कृष्ण कुमार गम्वा “किसन”  ले जानकारी दिनु भयो । भने कार्यक्रमको सञ्चालन क्लब का संयोजक कृष्ण कुमार गम्वा “किसन” र चन्द्रीका चौधरीले गर्नु भएको थियो । माघी मिलन तथा थारुहरुको नयाँ बर्ष माघ १ गते मनाउने गरिन्छ । 
  
 
 
 

प्रमुख समाचार

कर्मचारी

View All