ताजा समाचार

News

सिचाँईमन्त्री पुन द्धारा दोदा कटान र तटबन्धको अनुगमन

२०७४ पौष २५ मंगलबार
image not found
सितल भट्ट /
बेलौरी, पौस २४–
 
नेपाल सरकारका सिचाँईमन्त्री अमर सिंह पुन लगायतको टोलीले सोमबार बेलौरी नगर पालिका ५ दोदा नदिमा निर्माणाधिन तटबन्धको अनुगमन गरेको छ । सुदूरका सबै क्षेत्र अवलोकनका क्रममा रहेका बेला मन्त्री पुन जिल्लाको दक्षिणी पुर्बीक्षेत्र दोदा नदिले गरेको कटनी र दोदामा निर्माणाधिन अवस्थामा रहेको तटबन्धको अवलोकन गर्न बेलौरी पुगेका हुन । 
 
सिचाँईमन्त्री पुनले बेलौरी ५ उल्टनपुर को दोदा नदिमा निर्माणाधिन अवस्थामा रहेको तटबन्ध र भकुण्डामा रहेको रानाथारु संग्राहलय लगायत को समेत अवलोकन गरेका थिए । निबर्तमान सांसद दिवन सिह बिष्टको अगुवाईमा उक्त अनुगमन भएको हो । नदिले सयौं बिघा जमिन बर्षेनि कटान गरिरहेको छ  । गरुयोजनामा रहेको दोदा तटबन्धको रकम निकासाका लागी आफु निरन्तर खटि रहेको सांसद बिष्टले बताउनु भयो ।
 
यस्तै, हाल ५ करोडको ठेक्कामा ७ सय ५० घनमिटरको कार्यगर्नु पर्ने ठेक्का सञ्चालक नागार्जुन वाई.आर.जे.बि कम्पनिका सहायक इन्चार्ज करन गरुड.ले जानकारी दिए ।  उक्त तटबन्धको निर्माण १२ मि. चौडाई १२ मि उचाईमा भईरहेको छ । जेष्ठ महिनाको अन्तिम सम्म उक्त कार्य पुरा गर्ने समेत गुरुड.ले बताए । 
 
सिचाँईमन्त्री पुन दोदा नदिले गरेको जमिन कटानिमा चिन्ता ब्यक्त गर्दै तटबन्धको अनुगमन पछि कैलालीको टिकापुर फर्किएका हुन । 
 

प्रमुख समाचार

कर्मचारी

View All