ताजा समाचार

News

अत्यधिक चिसोका कारण कञ्चनपुर कैलालीका बिद्यालय बन्द

२०७४ पौष २४ सोमबार
image not found
नरेन्द्र कुवर  
बेलौरी पुस २४ /
 
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलाली र कञ्चनपुरका सामुदायिक विद्यालयहरु पनि वन्द गरिएका छन् ।कञ्चनपुरमा  तीन दिनका लागि विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा कार्यालयले कञ्चनपुर जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा सोमवारदेखि तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले चिसो बढेकाले पुष २४, २५ र २६ गते सामुदायिक विद्यालयहरुलाई जाडो बिदा दिन परिपत्र गरिएको जानकारी दिनुभयो ।
 
 
उता  कैलालीमा पनि  अब पुस महिनाभरी सामुदायिक विद्यालय वन्द गरिने निर्णय भएको कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिनुभयो । चिसो झन झन वढिरहेकोले पुस मसान्तसम्मका लागि विद्यालय वन्द गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।
 
चिसोले वालवालीकाहरु प्रभावित भएपछि जाडोबिदाका लागि विभिन्न साुमदायिक विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेका थिए । अभिभावकहरुले पनि छोराछोरीलाई विद्यालय पठाउन चिसोले समस्या पारिरहेकोले बिदा दिन आग्रह गरेपछि पुष मसान्त सम्मका लागि विद्यालय वन्द गरिएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनुभयो ।
 
 
कैलाली कञ्चनपुरमा पछिल्लो चार दिन देखि हुस्सुले आकाश ढाकेपछि तापक्रम ओरालो लागि रहेको छ । यहाँ अधिकतम तापक्रम १० डिग्री सम्म झरेको छ । अधिकतम तापक्रमसंग न्युनतम तापक्रमको दुरी जति कम भयो त्यती नै धेरै चिसो महसुस हुने मौसम विद्हरुको भनाई छ ।

प्रमुख समाचार

कर्मचारी

View All