ताजा समाचार

News

सुदुरपश्चिम खप्तड गोल्डकप : आयोजक सुदुरपश्चिम ११ को विजयी सुरुवात

२०७४ पौष २१ शुक्रबार
image not found
पुस २१ गते ।
 
सर्वाधिक राशीको सुदुरपश्चिम खप्तड गोल्डकप शुक्रवार देखी धनगढीमा सुरु भएको छ । प्रतियोगीतामा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्धघाटन खेलमा काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजती गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो । वाई पाएर क्वाटरफाईनलमा पुगेको आयोजक टिम जितसंगै सेमीफाईनलमा प्रवेश गरेको छ ।
 
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेट मात्रै टिकेको थियो । दोश्रो हाफको ४० औँ मिनेटमा सुदुरपश्चिम ११ स्पोर्टस क्लवका विनोद केसीले गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए । केसीले खेल सकिन ५ मिनेट अगाडी गरेको गोलले १–१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालीएको हो ।
 
पेनाल्टी सुटआउटमा च्यासल क्लवबाट गोल हान्न आएका सुमन लामाको प्रहारलाई सुदुरपश्चिम ११ स्पोर्टस क्लवका किपर जिवन भट्टराईले रोकेपछि आयोजक जित सहित सेमीफाईनलमा प्रवेश गरेको हो ।
 
सुदुरपश्चिम स्पोर्टस क्लवका नियमीत गोलकिपर अमानत शेख घाईते भएपछि प्रतियोगीताको पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराईले च्यासल युवा क्लवका खेलाडीले गरेका धेरै प्रहार पनि बचाएका थिए । भट्टराईले खेलको म्यान अफ द म्याच हुदै नगद १० हजार पनि प्राप्त गरेका छन् ।
 
यसअघि प्रतियोगीताको एक औपचारीक कार्यक्रम सहित उद्धघाटन गरीएको थियो । उद्धघाटन पुर्व धनगढी बजारमा ¥याली पनि निकालीएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री पत्नी पुवं सासंद आरजु राणा देउवालाई आयोजकले २१ किलाको माला समेत लगाएको थियो ।
 
सुदुरपश्चिमको विकास र समृद्धीको माग सहित २१ किलाको माला लगाईएको हो । राणाले खेल क्षेत्रको विकासका लागी लागी रहने बताउनुभयो । कार्यक्रम आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All