ताजा समाचार

News

स्थानीय तहमा खबरदारी गर्ने कांग्रेसको निर्णय

२०७४ पौष २० बिहिबार
image not found सितल भट्ट / बेलौरी, २० पौष - निबर्तमान माननिय सांसद दिवान सिंह बिष्ट को अगुवाईमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ को बैठकले स्थानीय तहमा अब कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको छ । आज नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापती तथा युवा जुझारु नेता गोपी प्रसाद उपाध्यायको संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेलौरीमा बसेको बैठकले उक्त निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ । निर्णय १ मा भनिएको छ '' स्थानिय स्तरमा स्थानिय तहले प्रमुख प्रतिपक्षको सल्लाह विना जनताको इच्छा विपरीत मनपरी तरीकाले काम गरिरहेको ठहर गर्दै सहि काममा सहयोग र गतल कामको प्रतिवाद गर्नका लागि बेलौरी नगरपालिकाका लागी क्षेत्र नं. १ का पुर्व क्षेत्रीय सभापती हरेन्द्र सिंह बिष्ट, बेलडाँडी गाउँपालिकाका लागी हर्कदेव जोशी, लालझाडी गाउँपालीकाका लागी धर्मसिंह वडायक र पुर्नवासका लागी तोया प्रसाद शर्माको संयोजकत्वमा खबरदारी गर्ने निर्णय गरिएको हो '' निर्णय २ मा भनिएको छ '' मंसिर २१ गते सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधी सभा निर्वाचनमा नेपाली कांग्रेशको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद ज्ञापन '' निर्णय ३ मा उल्लेख गरिएको छ '' जनताका काम सहज तरिकाले गर्न गराउनका लागी स्थानिय तहमा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित पदाधिकारीलाई सुझाव सल्लाहका लागी यही पौष २२ गते क्षेत्रीय कार्यालयमा बोलाई निर्देशन दिने । '' यस्तै, निर्णय ४ मा भनिएको छ '' स्थानिय एवम् प्रदेश र प्रतीनिधी सभा निर्वाचनमा असहयोग गर्नेलाई छानविन गरी आवश्यक कारबाही गरिने छ । र निर्णय नम्बर ५ मा कांग्रेसका क्षेत्रीय सचिव विश्राम राना द्वारा हस्ताक्षर पत्रमा लखिएको छ '' नेपाली कांग्रेसका निर्वाचित नगर कमिटी सदस्य केशव राज उपाध्याय, पुर्व जनप्रतीनिधी हरि प्रसाद रेग्मी लगायत स्वर्गीय नेताहरुलाई श्रद्वाञ्जली गर्ने निर्णय गरिएको समेत कांग्रेस क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले रेडियो सुदूर सञ्चारको बहस मुलुक कार्यक्रममा बताउनु भयो ।

प्रमुख समाचार

कर्मचारी

View All