ताजा समाचार

News

दक्षिणी क्षेत्रमा सिमा सर्वे सुरु

२०७४ पौष १९ बुधबार
image not found
सितल भट्ट /
बेलौरी, १९ पौष - 
कञ्चनपुर क्षेत्र नम्बर १ बाट भर्खरै निर्वाचित सांसद बिना मगरको पहलमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा सिमा सर्वे टोलि खटिएको छ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले ७ नम्बर प्रदेश कञ्चनपुरमा पुनः सीमा सर्वेक्षण गर्न लागेको हो  । बर्षातका कारण देखाउदै रोकिएको सीमा सर्वेक्षण काम मंगलबारदेखि शुरु भएको हो । जिल्लाको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको छ ।  
 
संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने  टोली सदस्य पूर्णबहादुर खड्काले बताउनुभयो । गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्वेक्षणको कार्य अगाडि बढाएको हो । नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा नेपाली टोलीमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्टसहित सातजना हुनुहुन्छ ।  नेपाली टोलीसँगै भारतबाट  पनि सर्भे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वको टोली खटिएको छ ।
 
टोलीले सीमास्तम्भको हालको अवस्था, मर्मत गर्नुपर्ने र हराएका सीमास्तम्भको विवरण संकलन गर्नेछ । विवरण संकलनपछि सीमास्तम्भको मर्मत सम्भार र हराएका ठाउँमा दुवै देशको सहमतिमा नयाँ सीमास्तम्भ राखिनेछ । कञ्चनपुरका स्थानीयले नेपालको मिचिएको भूमि पुनः फिर्ता हुनुपर्नेमा जोडदिदै सीमा सुरक्षामा जोडदिएका छन् ।
 
सीमामै कारण गत बर्ष फागुनमा पुर्नवासका स्थानीय गोबिन्द गौतमले ज्यान गुमाउनु परेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All