ताजा समाचार

News

विज्डम एकेडेमी बेलौरी फ़ाइनलमा प्रवेश

२०७४ पौष १७ सोमबार
image not found
नरेन्द्र कुवर / 
बेलौरी पौस १७ -
 
विज्डम एकेडेमी बेलौरी द्वारा संचालित विज्डम छात्रा/शिक्षक भलिबल प्रतियोगितामा आयोजक विज्डम एकेडेमी A फाइनलमा प्रवेश गरेको छ । विज्डम एकेडेमीले बिगत ३ बर्ष देखि उक्त्त भलिबल  प्रतियोगिता संचालन गर्दै आइरहेको आयोजकले जनाएको छ ।  यसपटक विज्डम एकेडेमीले गोरखनाथ मा.बि कुण्डालाइ पराजित गर्दै फ़ाइनलमा प्रवेश गरेको हो ।
 
यस्तै,भोलिको पहिलो खेल जनज्योति मा.बि कलकत्ता र भानु मा.बि कन्ज बिच हुने छ । भानु र जनज्योति मा बिजयी हुने टोलि छात्रा तर्फ उपाधिका लागि विज्डम एकेडमी संग भिड्ने आयोजकले जनाएको छ ।  शिक्षक तर्फ सेमिफाइनलका खेलहरु सरस्वती मा.बि झरनासागर र  भानु मा.बि कन्जका बीच  हुने छ ।  यस्तै अर्को खेल  जनज्योति कलकत्ता र विज्डम एकेडेमी बेलौरीका बिच हुने शिक्षक लक्ष्मण सिंह दियालले जानकारी दिनुभयो  । फाइनल खेलहरु १२ बजे पछि विविध  सास्कृतिक कार्यक्रमका बीच हुने समेत शिक्षक दियालले बताउनु भयो   ।
 
उपाधि आफ्नो कब्जामा लिन तम्सिएको आयोजकले भोलि रोचक खेल प्रस्तुत गर्ने समेत शिक्षक दियालले बताउनु भयो  ।
 

प्रमुख समाचार

कर्मचारी

View All