ताजा समाचार

News

बेल्डाँडीले गर्यो छाडा चौपाया ब्यावस्थापन

२०७४ पौष १२ बुधबार
image not found
विमल धामी/
कञ्चनपुर, पुष १२/
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका भित्र रहेका छाडा चौपायालाई ब्यवस्थापन गर्न लागेको बेल्डाँडी गाउँपालिका कार्यालयले जनाएको छ ।
तराईका जिल्लाहरुमा तमाम मात्रामा रहेका छाडा चौपायाहरुको ब्यावस्थापन गर्न निकै कठिन भएका बेला बेल्डाँडी गाउँपालिकाले नयाँ ब्यवस्थापन गर्न लागेको हो । बेल्डाँडी गाउँपालिकाले आ.व ०७४÷०७५ को बजेट बाट १० लाख रकम छाडा चौपाया ब्यवस्थापनको लागि बिनियोजन गरेको बेल्डाँडी गाउँपाकिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले जानकारी गराउनु भयो । उनका अनुसार बेल्डाँडी गाउँपालिका भित्र रहेका लगभग ४ सयको हाराहारीमा रहेका गाईबस्तु लाई आराम संग ब्यवस्थापन गर्न सकिने बताए । उनले भने “ हामीले रकम बिनियोजन गरेर निकुञ्ज संग सहकार्य भएको संस्था बागेश्वरी उपभोक्ता समितिलाई तत्काल जिम्मा दिएको बताए ।
 बागेश्वरी उपभोक्ता समितिलाई उपभोक्ता समिति मार्फत खोर निर्माण गर्न लगाउने निर्देशन भईसकेको वहाँले बताउनु भयो ।” त्यसै समितिले ब्यवस्थापन सम्वन्धी नितिनियम बनाउने समेत जानकारी गराउनु भयो । वहाँले बेल्डाँडी भित्रका छाडा चौपाया बाहेक अन्तका चौपायाहरु ब्यवस्थापन गर्न नसकिने र बाहिरका चौपाया बेल्डाँडी भित्र नआउनदिन सबैले आ–आफ्नो ठाउँ देखि सहयोगी भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
बेल्डाँडी गाउँपालिका र बागेश्वरी उपभोक्त समिकिो पहलमा किसान मध्यवर्ती सामुदायिक बनको चौरमा ७ बिघा खोर निर्माणका लागि निकुञ्ज बाट अनुमति भइसकेको छ । अहिले तत्काल तारबार, त्रिपाल, खरको छाना र १० जना हेरालाहरु राखेर ब्यवस्थापन भईरहेको छ । गाउँपालिकाले छाडा चौपायको नाममा घरका बस्तु लगेर खोर पुर्याउन लागेको प्रति आपत्ति जनाएको छ ।
बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले भने “ गाउँपालिकाले पुर्ण रुपले यसको जिम्मा हामीलाई दिए हामीले निती नियम बनाएर राम्रो तरिकाले ब्यवस्थापन गर्न सक्के दावी गर्नु भयो ।” अहिले यहाँका केहि स्थानीयहरुले हावाको भरमा सबै घरका चौपाया पनि बागेश्वरीले जिम्मा लिएको भनेर खोरमा पुर्याउने कार्य गरेको भन्दै पालुवा चौपायाहरुलाई जथाभावी नछोड्न समेत निर्देशन गर्नु भयो । जथाभावी चौपाया छोड्नेलाई कडा कार्वाही समेत गरिने जानकारी गराउनु भयो । 

 

प्रमुख समाचार

कर्मचारी

View All