ताजा समाचार

News

जनप्रेमि सांसद आजपनि लालझाँडीमा

२०७४ पौष ४ मंगलबार
image not found
सितल भट्ट /
बेलौरी ४ –
जनप्रेमि निबर्तमान माननिय सांसद दिवान सिंह बिष्ट आज पनि दिनभर लालझाँडीमा व्यस्त रहे । भर्खरै सम्पन्न निर्वाचनमा कञ्चनपुर १ बाट प्रतिनिधी सभा तर्फ पराजय भोग्नु परे पनि मतदाता र कार्यकर्ता भेटघाटमा भने निरन्तर खटि रहेका छन । 
 
बिष्टले मंगलबार लालझाँडी ३ र ६ नम्वर वडामा मतदाता एवम् कार्यकताहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सम्बोधन समेत गरेका थिए ।कार्यक्रममा बोल्दै निबर्तमान सांसद बिष्टले सम्पुर्ण लालझाँडी गाँउपालिका बासिहरुलाइ यस क्षेत्रको बिकास र संम्बृद्धिका लागि पराजय भोग्नु परे पनि सधैंं खटि रहने प्रतिबद्धता समेत व्यक्त गरे ।  
 
जनप्रेमि सांसद बिष्टले लालझाँडी गाँउपालिका पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकाले यसक्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन पर्ने कुरामा जोड दिनभयो ।    
कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपाल गुरुङ्ग ,गोपी उपाध्याय, बिश्राम राना, दुर्गादत्त भट्ट, लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपी प्रसाद उपाध्यायले जानकारी दिनु भयो । 
 

प्रमुख समाचार

कर्मचारी

View All