ताजा समाचार

News

चिसो ह्वात्तै बढ्यो, जिवन कष्टकर

२०७४ पौष २ आइतबार
image not found
विमल धामी
बेल्डाँडी पौष २ -
कञ्चनपुरमा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोका कारण दैनिक जिवन कष्टकर बन्दै गएको छ । पुष महिना शुरुवात संगै चिसो बढेको छ ।
चिसोले अधिकांस बालबालिका बृदबृद्धा अति प्रभावित भएका छन् । बालबालिकाको स्कुलहरुमा उपस्थिति घटेको बेल्डाँडीका स्कुलहरुले बताएका छन् ।
 
बेल्डाँडी गापा ४ लिटिल स्टार इङलिस् स्कुलका प्रिन्सपल शंकर राज चिमाडीले यस्तै चिसो रहयो भने केहि दिन बिदा दिनु पर्ने बताए ।  साना बालबालिकाहरु लाई स्कुल जान निकै कठिन भएको भन्दै सबैले सोच्नु पर्नेमा वहाँको जोड रहेको छ ।
 
यस्तै चिसोका कारण बिरामी, बृद्धबृद्धा लाई समेत निकै प्रभावित पारेको छ । चिसो रोक्नका लागि स्थानीय सरकारले दाउरा गुइठा ब्यवस्थापन गर्नु पर्ने बेल्डाँडीका स्थानियको माग रहेको छ । स्थानीय सरकारले यस्तै चिसो रहे केहिन केहि ब्यवस्था गरिने कार्यालयले जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All