ताजा समाचार

News

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ को समिक्षा बैठक सम्पन्न

२०७४ पौष १ शनिबार
image not found
सितल भट्ट /
बेलौरी पौष १ -
आज नेपाली काग्रेस कञ्चनपुर क्षेत्र नम्वर १ को समिक्षा बैठक सम्पन्न भएको छ । लालझाँडी गाउँपालिका र पुनर्वास नगरपालिकामा गरि दुई छुट्टा छुट्टै ठाउँमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान सांसद तथा प्रतिनिधी सभा सदस्य उम्मेद्धार समेत रहेका दिवान सिंह बिष्ट , प्रदेश सभा सदस्य उम्मेद्धार गोपाल गुरु¨, रामलाल राना लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको नेपाली काग्रेस क्षेत्रिय सभापति गोपी प्रसाद उपाध्यायले बताउनु भयो ।
 
कार्यक्रममा बोल्दै निवर्तमान माननिय सांसद बिष्टले "आफु पराजित भएपनि यस दक्षिणी क्षेत्रको बिकासका लागि निरन्तर खटिरहने प्रतिवद्धता जनाउदैं मतदाता कार्यकर्ताहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।" समिक्षा बैठकमा भर्खरै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस का उम्मेद्धारहरु पराजित हुनुको कारण र भावि रणनितिका सवलमा छलफल र अन्तरक्रिया समेत गरिएको सभापतिे उपाध्यायले बताउनु भयो ।
 
 

प्रमुख समाचार

कर्मचारी

View All