ताजा समाचार

News

साँसद बिनालाई मतदाता भेट्न भ्याई नभ्याई

२०७४ मङ्सिर २९ शुक्रबार
image not found
सित्तल भट्ट / बेलौरी, मंसिर २९ - 
 
साँसद बिना मगरलाई मतदाता भेट्न भ्याई नभ्याई भईरहेको छ । दैनिक जसो उनी अहिले मतदाता भेट्न केन्द्रीत छन् । निर्वाचित कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य बिनालाई आम जनताले न्यानो माया दिईरहेका छन् । 
 
निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य बिना मगर,  प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १, २, ३ क्र्मस ः तारालामा तामाङ्ग, कुलबिर चौधरी,  आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर आम जनतालाई धन्यवाद दिईरहेका छन् ।  वडा वडास्तरका भेटघाटका कार्यक्रम राख्दै धन्यवाद र निर्वाचनका बेला जनतासंग गरेका बाचा पुरा गर्ने आवश्वास दिईरहेका छन् । 
 
गाउँ पुगेर मतदाताप्रति आभार प्रटक गर्दै मतदाताले दिएको अमुल्य मतको कदर गर्दै काम गर्ने पुनः जनतासंग प्रतिबद्धता जाहेर गरिरहेका छन् । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक बिर बहादुर थापा (पातल) ले वाम गठनबन्धनका निर्वाचित भएका ३ प्रतिनिधी र ६ वटै प्रदेश सदस्य गाउँ गाउँमा पुगेर जनतालाई धन्यवाद दिने र जनताका समस्या सुनिरहेको बताए । 
 
वामका निर्वाचित उम्मेदवारले जनताका गुनासा सुझाव संकलन गरिरहेको थापाले बताए । ‘जनताका समस्या बुझ्दै सोही अनुसारका योजना ल्याउन समेत निर्वाचित साँसदले समस्या नोट गरिरहेका छन, ‘उनले भने, ‘जनताका समस्या ध्यान दिएर सुन्दैछन् ।’ जनताले विकासको अपेक्षा लिएको समेत उनले बताए ।
 
नेकपा एमाले कञ्चनपुरका युवा नेता अक्कल विष्टले वाम गठबन्धनका उम्मेदवारले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को बेल्डाँडी, बेलौरी क्षेत्रका मतदातालाई धन्यवाद दिईसकेको बताए । उनका अनुसार निर्वाचनमा अमुल्य मत दिएर जिताएको भन्दै निर्वाचित उम्मेदवारले धन्यवाद दिदै जनताले लिएको साथ, सर्मथन र विश्वास निरन्तर राख्ने प्रतिबद्धता जाहेर गरेका छन् । 
 
निर्वाचन क्षेत्र नम्बर १ का साँसदले सीमा समस्या समाधान, औद्योगिक क्षेत्र विस्तार, किसानका समस्या समाधान, ग्रामीण सडकको स्तरोन्नती, नदीखोलाको कटानी नियन्त्रण, खेलकुद, शिक्षामा सुधार लगायत समग्र दक्षिणी क्षेत्रको दीगो विकास र सम्बृद्धिका लागि खटिने बचन दिएका छन् । 
 
निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद बिना मगरले सबैभन्दा बढि मतदाताको साथ पाएकी छिन् । दोब्बरबढी मतले निर्वाचित बिना कञ्चनपुरको संसदीय निर्वाचनमा निर्वाचित, ७ नम्बर प्रदेशबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित र देशभरका महिला उम्मेदवार मध्ये सबैभन्दा बढि मतान्तरले जित्ने एक्ली महिला हुन् । उनले यो निर्वाचन जितेपछि ‘तीन’ रेकर्ड कायम राख्दा आम मतदाता माँझ बढि लोकप्रियता कमाएकी छिन् । जहाँ जुन कार्यक्रममा बिना सहभागि भए त्यहाँ सबैभन्दा बढी भिडभाँड हुने र महिलाको उल्लेख सहभागिता हुने गरेको नेकपा माओवादी केन्द्र पुर्नवासका नेता कञ्चन गिरीले बताए । 
 
‘बिना कञ्चनपुरबाट निर्वाचित जित्ने एक्ली महिला हुन्, ‘उनले भने, ‘बिनाले निर्वाचित जित्ने ईतिहास कायमै राखेकी छिन् ।’ अघिल्लो पटक निर्वाचनमा पराजय हुँदा पनि बिनाले हरेस नखाएरै कञ्चनपुरको विकासमा कटिबद्ध भएर लाग्दा जनताले बिनाको कामको उच्च मुल्याङ्गकन गरेको उनको भनाई छ । ‘मतदातालाई धन्यवाद दिन बिनालाई भ्याईनभ्याई छ, ‘उनले भने, ‘बिनाले घरबाट बाहिर जाँदा आउँदा जनता बाटो कुरेर बसेका हुन्छन् ।’ 
 

प्रमुख समाचार

कर्मचारी

View All