ताजा समाचार

News

जनताको मतको कदर गर्दै दक्षिणी क्षेत्रको विकासमा जुट्छु : बिना मगर

२०७४ मङ्सिर २५ सोमबार
image not found
रेडियो सुदुर सञ्चार /
बेलौरी, मंसिर २५ -
 
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा दोब्बर मतले निर्वाचित बिना मगरले विजेताको प्रमाण पत्र बुझ्दै जनताको दिएको मतको कदर गर्दै दक्षिणी क्षेत्रको आर्थिक विकास गर्ने उद्घोष गरेकी छिन् । सोमबार निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले प्रतिनिधी सभा सदस्य निर्वाचित प्रमाण पत्र हस्तान्तरण गर्दै बिनालाई निर्वाचित भएको घोषणा गरे । निर्वाचित घोषणा भए लगत्तै संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै बिनाले दक्षिणी क्षेत्रको एकिकृत दिगो विकास र सम्बृद्धि गर्ने बताईन् । 
 
निर्वाचनका बेला जनता संग गरेका बाचा पुरा गर्ने बताउदै बिनाले सम्पूर्ण मतदातालाई धन्यवाद समेत दिईन् । बिनाले खुसीसंगै दुख समेत प्रकट गरेकी छिन् । ‘मलाई माया गरेर जनताले यथ्रो मत दिए, तर मलाई खुसी मिल्दामिल्दै दुख हुनुपरेको छ , किनकी मैले मेरो जिवन साथी प्रकास गुमाए, म प्रकासलाई सम्झिन्छु ।’ बिनाले प्रकासलाई सम्झदै गहभरी आँशु झारिन् । बिनाले जिवनकै ठुलो खुसीयाली सफलतामा समेत रातो टिका लगाउन पाईनन् । 
 
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी थिईन् । बिनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बिना मगर झिनो मतान्तरले पराजित भएकी थिइन् ।
 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले तीनै सिट जितेको छ । बिनाको विजय जुलुसमा हजारौँ कार्यकर्ता थिए । महेन्द्रनगर देखि बेल्डाँडी, बेलौरी, लालझाँडी हुँदै पुर्नवाससम्म विजयी जुलुस निकालेका छन् । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All