ताजा समाचार

News

जितमा प्रधानमन्त्री शेरबहादुर देउवाको डबल हृयाट्रिक,

२०७४ मङ्सिर २४ आइतबार
image not found
२४ मंसिर, डडेल्धुरा ।
 
 संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।आफ्ना निटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउँदै देउवा विजयी भएका हुन् ।कांग्रेस सभापति समेत रहेका देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारे । प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याए । भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतले पराजित गरेका हुन् । देउवा ०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् ।
 
०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी भएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएका । यो जितसँगै देउवाले डबल हृयाट्रिक गरेका छन् ।माओवादी नेता भट्टले समेत हारमा हृयाटि्रक गरेका छन् । पहिलो संविधानसभा निर्वाचन ०६४ बाट देउवासंग प्रतिस्पर्धामा आएका भट्ट ०७४ सालसम्म आउँदा तीनवटा निर्वाचनमा देउवासँगै पराजित भएका छन् ।
 
देउवा पहिलो संविधानसभा निर्वाचन ०६४ मा भट्टलाई झिनो मतले पराजित गरेका थिए भने ०७० सालको निर्वाचनमा पनि भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित भए । यस पटकको निर्वाचनमा पनि देउवाले फराकिलो अन्तरमा भट्टलाई हराए ।
 

प्रमुख समाचार

कर्मचारी

View All