ताजा समाचार

News

पराजित भएपछि डा.कोइरालाले भनेः 'लोकतन्त्र संस्थागत गर्न लडिरहन्छु'

२०७४ मङ्सिर २३ शनिबार
image not found
काठमाडौं, मंसिर २३ ।
 
 नेपाली कांग्रेसको गढ मानिएको मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा तर्फबाट पराजित भएपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रका लागि लडिरहने प्रतिबद्धता जनाएका छन. ।शनिबार विहान एक बक्तब्य सार्बजनिक गर्दै उनले मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा जनताहरुसँगै रहिरहने प्रतिबद्धता जनाएका छन् ।
 
डा. कोइरालाका स्वकीय सचिब दिनेशचन्द्र थपलियाले प्रेसित गरेको एक बक्तब्यमा उनले मतदाता, शुभेच्छुक तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन् । 
उक्त क्षेत्रमा बाम गठबन्धनतर्फका उम्मेदवार एमालेका लालबाबु पण्डित ३३९४१ मत ल्याई विजयी भका थिए । डा. कोइराला ३३२६६ मत ल्याएका थिए ।
‘मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।’
समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुनुहुने र सदभाव ब्यक्त गर्नुहुँने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ ।
 
मोरंग क्षेत्र नं –६ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जितहार प्राविधिक विषय हुन । लोकतन्त्रको जन्मभूमी बिराटनगरको बिरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय/अन्तराष्ट्रिय मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।
 
मुलुकका दुरदराज लगायत मोरंगबासीको शिर कुनैपनि अवस्थामा झुक्न दिने छैन । मोरंगको बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरु सँगै हातेमालो गरेर हिड्नेछु । र, नेपाली काँग्रेसका निम्ति तपाँईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछु । मुलुकभरका आम कार्यकर्ताको सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछु । निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहून देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय,कर्मचारी, संचारकर्मी, उध्योग/ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन 
चाहन्छु । मेरो क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा पनि हार्दिक बधाई तथा शुभकामना । जय नेपाल।
-डा.शेखर कोइराला

प्रमुख समाचार

कर्मचारी

View All