ताजा समाचार

News

रुकुम पूर्वमा माओवादी केन्द्रको ‘क्लिन स्वीप’

२०७४ मङ्सिर २३ शनिबार
image not found
रुकुम, मंसिर २२ । 
पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फको सबै मतपरिणाम घोषणा भइसकेको छ ।
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । जितसँगै रुकुम पूर्वमा शुक्रबार विजयी जुलुस निकालिएको छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट, छिप्रिदह, कमलदह, बाउनठानालगायतका क्षेत्रमा विजयी जुलुस निकालिएको हो ।
 
जुलुसमा हजारौंको संख्यामा शुभचिन्तक, पार्टी कार्यकर्तालगायत सहभागी भए ।सोक्रममा मतदाताहरुलाई धन्यवाद दिँदै विजयी सांसदहरुले अब रुकुम पूर्वलाई देशकै नमुना जिल्ला बनाउनुका साथै आत्मनिर्भर बनाउने विजयी प्रतिबद्धता जनाएका छन् ।रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा कमला रोकामगर तथा प्रदेशसभा सदस्य ‘क’मा तेजबहादुर ओली र प्रदेशसभा ‘ख’मा पूर्ण घर्ती विजयी भएका हुन् ।

प्रमुख समाचार

कर्मचारी

View All