ताजा समाचार

News

कञ्चनपुरमा पनि मत गणना शुरु

२०७४ मङ्सिर २२ शुक्रबार
image not found
कञ्चनपुर, मंसिर २२ -
 
कञ्चनपुरमा मत गणना शुरु भएको छ । दिउँसो १२ः३० बजेदेखि मत गणना शुरु भएको हो ।  जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशब निर्वाचन क्षेत्र नम्बर ३ बाट मत गणना शुरु भएको बताए ।
 
महाकाली नगरपालिका–३को लक्ष्मी उमावि र ७ को महाकाली मावि मतदान केन्द्रबाट मत गणना शुरु गरिएको छ ।  भण्डारीले  तीनै निर्वाचन क्षेत्रको मत गणना शुरु भएको बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ को भीमदत्त नगरपालिकाको हल र ३ को जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा गणना भईरहेको छ । मत गणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलिय बैठकले मत गणनाका लागि आचार संहिता बनाएको थियो । आचार संहिता अनुसार मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ । 
 
दोस्रो चरण अन्तरत बिहीबार सम्पन्न भएको मतदानमा कञ्चनपुरमा  ६९.३१ प्रतिशत मत खसेको थियो ।  १ लाख ४ हजार १९ महिला र ७९ हजार ६६९ पुरुष गरि १ लाख, ८३ हजार ६६८ ले मतदान गरेका थिए ।   पुरुष भन्दा २० हजार ७५० बढि महिलाले मतदान गरेका थिए,  भने ८१ हजार ३०७ मतदाताले मतदान गरेका छैनन् । गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन भन्दा प्रदेश र प्रतिनिधी सभा निर्वाचन ४ प्रतिशतले कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । 
 
 निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको पहिलो सदरमुका बेलौरी नगरपालिकामा ७३ र भीमदत्त नगरपालिकामा ६४ प्रतिशत मत खसेको छ ।  बेल्डाँडी गाउँपालिका ६६, लालझाँडी गाँउपालिका ६९ महाकाली नगरपालिका ७१, बेदकोट नगरपालिका ६८, पुर्नवास नगरपालिका ७१, शुक्लाफाँटा नगरपालिका ६२ र कृष्णपुर नगरपालिका ७१ प्रतिशत मत खसेको थियो । 
 
 कञ्चनपुरका ३ प्रतिनिधी सभा र ६ प्रदेश सभा सदस्यका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All