ताजा समाचार

News

प्रदेश नं.७ मा बझाङबाट उदायो सूर्य

२०७४ मङ्सिर २२ शुक्रबार
image not found

बझाङ, मंसिर २२ – प्रतिनिधिसभा सदस्यमा बझाङका वामगठबन्धन उम्मेदवार भैरवहादुर सिंह विजयी हुनुभएको छ । नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह सँग ५ हजार ६५९ मतान्तरले एमाले नेता सिंह विजयी हुनुभएको हो ।

सिंहले २८ हजार ८८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २२२ मत प्राप्त गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई विजयी घोषणा गर्न बाँकी छ । तर एमाले र माओवादी केन्द्र समर्थकले भने चैनपुरमा विजय उत्सव मनाउन थालेका छन् ।

 
 

 

प्रमुख समाचार

कर्मचारी

View All