ताजा समाचार

News

कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान

२०७४ मङ्सिर २१ बिहिबार
image not found
कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान
 
सित्तल भट्ट
कञ्चनपुर, मंसिर २१
 
कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान भएको छ । दोस्रो चरण अन्र्तरगत बिहीबार भएको प्रतिनिधी र प्रदेश सभा निर्वाचन कञ्चनपुरमा शान्तिपुर्ण उल्लासम वातावरणमा मतदान सम्पन्न भएको हो ।  जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनका अनुसार ६९.३१ प्रतिशत मत खसेको छ । १ लाख ४ हजार १९ महिला र ७९ हजार ६६९ पुरुष गरि १ लाख, ८३ हजार ६६८ ले मतदान गरेका छन् ।  
 
गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन भन्दा प्रदेश र प्रतिनिधी सभा निर्वाचन ४ प्रतिशतल। स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । 
सदरमुका बेलौरी नगरपालिकामा ७३ र भीमदत्त नगरपालिकामा ६४ प्रतिशत मत खसेको छ । बेल्डाँडी गाउँपालिका ६६, लालझाँडी गाँउपालिका ६९ महाकाली नगरपालिका ७१, बेदकोट नगरपालिका ६८, पुर्नवास नगरपालिका ७१, शुक्लाफाँटा नगरपालिका ६२ र कृष्णपुर नगरपालिका ६९ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख भण्डारीले बिहीबार राती सम्म मत पेटिका मतदान केन्द्रबाट संकलन गरिने बताए । उनका अनुसार शुक्रबारदेखि मत गणना हुने छ । कञ्चनपुरमा क्रिरियापुत्रीले समेत मतदान गरेका छन् । 
 
भीमदत्त नगरपालिका १३ बढैपुरका गोरे टमाटा, बेलौरी नगरपालिका–६ शान्तिपुरका युवराज जोशी, किरण जोशी, कृष्णपुर नगरपालिका–२वाणिका आनसिह धामी, करन लुहार, कमले लुहार, भीमदत्त नगरपालिका–१९बाँगफाँटाका धर्मराज जोशीले मतदान गरेका छन् । यस्तै एकसय बर्ष नाघेका नागरिकले पनि मतदान गरेका छन् ।  भीमदत्त नगरपालिका ७ हल्दुखालकी १०० बर्षिय धनमती चन्द, बेल्डाँडी गाउँपालिका–२ की जमुना जोशी १०२, बेल्डाँडी गाउँपालिका–१ का १०१ बर्षिय शन्तबिर शाह, बेलौरी नगरपालिका–६ शान्तिपुरका रब्जा राना १०१, शुक्लाफाँटा नगरपालिका–२ का १०५ बर्षिय मंगली चौधरी  महाकाली नगरपालिका–८ देउराली घाटका १०१  बर्षिय शान्ति बस्नेतले मतदान गरेका छन् ।  यसैगरी बेलौरी नगरपालिका–६ शान्तिपुरका अपाङ्ग दाम्पत्ती हरिचन्द्र राना र घुर्सा राना असत्त गर्भवती महिलाले पनि मतदान गरेका छन् । 
 
कञ्चनपुरका नेपाली काँग्रेस, वाम, राष्ट्रिय जनमोर्चा, राजपा, स्वतन्त्रका उम्मेदवारले आफैलाई मतदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ वामका प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरले पुर्नवास नगरपालिका–३ गोरख आधारभूत विद्यालय, काँग्रेसका उम्मेदवार दिवान सिह विष्टले दुर्गा मन्दिर  विद्यालय मा मतदान गरेका छन् ।  
 
निर्वाचन क्षेत्र नम्बर २ वाम प्रतिनिधी सभा सदस्यका उम्मेदवार नर बहादुर धामीले बेदकोट नगरपालिका–४ बालज्योती बैतडा र प्रतिनिधी सभाकै नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदले भीमदत्त नगरपालिका–२ सरस्वती मावि उल्टाखामबाट मतदान गरेका छन् । 
 
 
भने निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तरगत भीमदत्त नगरपालिका –४ शान्ति निकेतन मतदान केन्द्रबाट वामका उम्मेदवार डा. दिपक प्रकास भट्ट र काँग्रेसका उम्मेदवार रमेश लेखकले बेदकोट नगरपालिका–८ बैजनाथ मावि गैलनदीबाट मतदान गरेका छन् । यस्तै काँग्रेस बाम प्रदेशका उम्मेदवार, अन्य पार्टीका प्रतिनिधी र प्रदेशका उम्मेदवार सहित स्वतन्त्रले पनि आ–आफ्नो मतदान केन्द्रबाट आफैलाई भोट हालेका छन् । बिहानपख पानी आएपनि मतदाता भने निर्धारित समय भन्दा अघि नै मतदान स्थलमा पुगेका थिए । 
 
 
 कञ्चनपुरका ३ प्रतिनिधी सभा र ६ प्रदेश सभा सदस्यका लागि ६४ चुनावी मैदानमा उत्रेका थिए । कञ्चनपुरका ९ नेताको भाग्य ब्यालेट भित्र हुने छ । १३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी र सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक खटिएका थिए । 
एकै बर्ष दुई दुई निर्वाचन हुँदा भारत लगायतका विभिन्न देशमा मजदुर गर्ने मजदुर पुनः नआएकाले स्थानीय भन्दा यस निर्वाचनमा मत प्रतिशत कम भएको अनुमान गरिएको छ । 
निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष गरि कुल कञ्चनपुरमा जम्मा २ लाख, ६४हजार ९७५ मतदाता छन् ।
 

 

प्रमुख समाचार

कर्मचारी

View All