ताजा समाचार

News

प्रधानमन्त्री एवं नेपाली कांग्रेशका सभापति देउवाले कञ्चनपुर क्षेत्र नं. १ को बेलौरी खुलामञ्चमा चुनावी सभालाई स

२०७४ मङ्सिर १६ शनिबार
image not found
नरेन्द्र कुवर/
रेडियो सुदूर सञ्चार/ 
बेलौरी, मंसिर -१६
 
कञ्चनपुरको बेलौरीमा नेपाली काङ्ग्रेश क्षेत्र नं. १ ले बेलौरीको खुलामञ्चमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापती शेरबहादुर देउवा शनिबार मध्यान्ह १२ बजे पुग्ने कार्यक्रम तय छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवाले आज शनिबार कञ्चनपुरका ३ ओटै निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 
 
त्यस्तै नेपाली काङ्ग्रेश क्षेत्र नं. २ ले शुक्लाफाँटा नगरपालिकाको झलारीमा दिउँसो २ बजे आयोजना गरेको कार्यक्रमलाई समेत देउवाले सम्बोधन नेपाली कांग्रेश क्षेत्र नं. २ ले जनाएको छ । 
आजै अपरान्ह ४ बजे कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेपाली काङ्ग्रेशले आयोजना गरेको विशाल आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेश कञ्चनपुरले जनाएको छ । 
 
प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवा कञ्चनपुर आउने भएपछि कञ्चनपुर भरी नै सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । त्यस्तै कार्यक्रम हुने स्थानहरुमा अराजक घटना हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र म्यादी प्रहरीलाई तयनाथ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ 
 
त्यसैगरी, नेपाली कांग्रेशका नेता, कार्यकर्ता, शुभेच्छुक सहित सर्वसाधारण नागरिकहरु पनि कार्यक्रम स्थल तर्फ जाने क्रम जारी छ । कार्यक्रम हुने ३ ओटै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All