ताजा समाचार

News

अब मन र मत बदलिनु पर्छ : मिश्र

२०७४ मङ्सिर १३ बुधबार
image not found
रेडियो सुदूर सञ्चार /
बेलौरी, मंसिर - १३ 
 
विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब हरेक नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन् ।
 
मंगलबार धनगढीको रूवस होटलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत चरित्र र आचरणकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’ 'अब बिबेकशील युवाहरुले सोच्ने बेला आएको छ। हामी वास्तवमा हामीलाई जिताउनुस् भन्दैनौ । बिवेकको प्रयोग गरेर मात्र मत दान गर्न आग्रह गर्दछु । '
 
यदि तपाईहरुले बिबेकशील साझा पार्टीलाई बिस्वास गरि मन र मत बदले हामीले देशको मुहार नै बदली दिने दाबी गरे । हामी बिकास गरेरै छाड्ने सम्बृद्धि हेरेरै मर्ने हो' भन्दै तार्किक कुरामा जिकिर गरे ।
 
त्यसैले, संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा प्राध्यापक डा. सुर्यराज आचार्य, प्रदेश नम्बर सात का संयोजक गोपी हमाल, कञ्चनपुर क्षेत्र नम्बर एक का प्रदेश सभा सदस्य उम्मेद्वार श्री मेवाराम चौधरी, प्रतीनिधी सभा सदस्य उम्मेद्वार श्री लछ्मी नारायण चौधरी, क्षेत्रिय संयोजक लक्ष्मण सिंह दियाल लगायतका नेता कार्यकर्ता र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
 

प्रमुख समाचार

कर्मचारी

View All