ताजा समाचार

News

कञ्चनपुरकी छोरी बिना लाई जिताउने अभियानमा महिला संघ

२०७४ मङ्सिर ११ सोमबार
image not found
रेडियो सुदूर सञ्चार /
बेलौरी मंसिर - ११
 
कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवासका महिलाले निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेशका उम्मेदवार तारालामा तामाङ्गलाई जिताउने घोषणा गरेका छन् । सोमबार पुर्नवासका अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघको संयुक्त भेलामा बोल्ने पुर्नवासका महिला अगुवाले वामकी उम्मेदवार एव कञ्चनपुरकी छोरी बिना मगरलाई जिताउने घोषणा गरेका हुन् ।
 
 नेकपा माओवादी कञ्चनपुरका युवा नेता कञ्चन गिरीले दुवै संगठनका महिलाले महिलाको मुक्ति र कञ्चनपुरको दीगो विकास र सम्बृद्धिका लागि वामका उम्मेदवार त्रय बिना मगर तारा तामा तामाङ्ग र कुबिर चौधरीलाई समेत जिताउने प्रतिबद्धता जाहेर गरेका छन् । कञ्चनपुरकी छोरी बिना मगरलाई जिताएर यस क्षेत्रको मुहार फेर्ने चाहना रहेको महिलाहरुको भनाई छ । विना मगर जिताउनका लागि पुर्नवास लगायतका क्षेत्रमा खटिने महिलाहरुले बताएका छन् । महिलाले बिनाको पीडामा साथ दिदै आम कञ्चनपुरका महिला र जनताको बिना आशा र भरोसाका केन्द्र भएकाले बिनालाई हरदम साथ हुने समेत बताएका थिए । 
 
भावुक हुँदै बिना मगरले कञ्चनपुरको दीगो विकास र सीमा समस्या समाधान गर्ने र यस क्षेत्रका महिलाको उत्थानका लागि संघर्ष गर्ने बचन दिएकी छिन् । आफु पीडामा रहेपनि आम जनताको मुक्तिका लागि संघर्षको मैदानमा उत्रिएकी उनको भनाई थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि वाम गठनबन्धनमा प्रवेस गरेका थिए । पुर्ण कुमारी गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन महिला नेतृ कल्पना मगरले गरेकी थिइन् । कार्यक्रमा पुर्नवास क्षेत्रका महिलाको सहभागिता रहेको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All