ताजा समाचार

News

बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीको शाखा विस्तार पत्रकार भट्ट सम्मानित

२०७४ मङ्सिर २ शनिबार
image not found
मोहन बिष्ट /
बेलौरी, मंसिर २ -
कञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात जिल्लाको पहिलो सदरमुकाम बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीको कार्यालय विस्तार भएको छ । शनिबार देखि औपचारिक रुपमा बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीका कार्यालय विस्तार भएको हो । नेपाल सरकार सिटिईभिटीका उप-निर्देशक श्री टैलेन्द्र आचार्य ज्यु ले उद्घाटन गर्दै यस क्षेत्रका युवालाई भरपर्दो ज्ञान सीप प्रदान गरि आत्मानिर्भर बन्न समेत बेरोजगार युवाहरुलाई आग्रह गरेका छन् । 
 
धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीका कार्यकारी निर्देशक श्री महेश कुमार चौधरीले कञ्चनपुरको दक्षिणी ग्रामीण क्षेत्रका युवाहरुलाई सीप प्रदान गरेर उनीहरुलाई स्वरोजगारउन्मुख गराउन शाखा विस्तार गरिएको बताए । उद्घाटन कार्यक्रममा कञ्चनपुरका युवा अग्रज पत्रकार बासुदेव भट्ट (सित्तल) लाई सम्मानित गरिएको छ । यस दक्षिणी क्षेत्रको विकास र शैक्षिक क्षेत्रमा संचारका क्षेत्रबाट योगदान पु¥याएको भन्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।
 
जिल्लाको दक्षिणी क्षेत्रमा पहिलो पटक रेडियो सुदूर संचार चुनौतीका विच स्थापना गरेर ग्रामीण भेगका जनतालाई संचारको पहुँचामा उच्च योगदान रहेको भन्दै धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीले उनलाई सम्मान गरेको हो । रेडियो सुदूर संचारका प्रबन्ध निर्देशक समेत रहेका भट्ट नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य एवम् बेलौरी नगरपालिका अन्तर्गत नेपाल पत्रकार महासंघका ईन्चार्ज समेत हुन् । पत्रकार भट्टले सम्मानबाट कार्य क्षेत्रमा थप-उर्जाप्राप्त भएको बताए । पत्रकार भट्ट झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उच्च शिक्षा अध्ययनदेखि नै पत्रकारिता गर्दै आएका भट्टले पछिल्लो समयमा ग्रामीण क्षेत्रको एकिकृत दिगो विकास र उन्मुक्तीका लागि संचार भन्दै रेडियो स्थापना गरेका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All