ताजा समाचार

News

म्यादी प्रहरीको जागिर खाएपछि विदेश जाने नजाने दोधारमा

२०७४ मङ्सिर १ शुक्रबार
image not found

१२ कक्षामा पढ्दै गर्दा मेरो बिहे भयो । यो ४ वर्ष अघिको कुरा हो । बिहे छोरा पनि जन्मियो । केही समय अघिसम्म परिवारको चलेको जीवन अब आफैं चलाउनुपर्ने भयो, त्यो पनि अभिभावक भएर । 

त्यतिबेला पढाई स्नातक तहमा पुगेको थियो । मैले कुनै राम्रो देश जानुप¥यो भन्ने सोचेर डेनमार्क जान प्रक्रिया सुरु गरें । एक महिना दुई हुँदै १ वर्ष भइसक्दा डेनमार्क जान सम्भव नभएपछि मैले खाडीकै देश भएपनि जानुपर्‍यो भन्ने सोचें । 

त्यसका लागि आफन्त पर्ने रामदेव महतोलाई पासपोर्ट दिएँ तर जान पाएको थिइनँ । त्यतिबेला नै स्थानीय तहको चुनाव हुने भयो । चुनावका लागि म्यादी प्रहरी मागियो । मलाई म्यादीको जागिर अवसर भएर आयो । फारम भरें । छनौट भएर म्यादीको जागिर खाएँ । 

स्थानीय तहको चुनावमा म्यादी प्रहरी भएर ७२ हजार ५ सय रुपैयाँ हात पारें । त्यसले मलाई आशा मात्रै जगाएन विदेश जाने कुरामा नै सोच्न बाध्य बनायो । अहिले फेरि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो । यस पटक पनि म छनौट भएँ । 

अहिले मलाई यस्तै कमाई हुने काम नियमित रुपमा गर्न पाउने भए किन विदेश जानुपथ्र्यो र भन्ने लागिरहेको छ । त्यसैले सरकारले युवाका लागि यस्तै खालका कामको अवसर दिलाइदिए हुन्थ्यो । 

प्रमुख समाचार

कर्मचारी

View All