ताजा समाचार

News

तीर्थयात्री बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, ४० घाइते, ८ गम्भीर

२०७४ मङ्सिर १ शुक्रबार
image not found

मंसिर १ । पर्वतको कुस्मा नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा अरु ४० जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बालाचतुर्दशीको अवसरमा पञ्चासेमा सद्बीज छर्नका लागि गएका यात्रीहरु लिएर फर्कनेक्रममा ध१ख ८७ नम्बरको बस पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्याङमा सडकबाट करिब १०० मिटर तल खसेको जनाइएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All