ताजा समाचार

News

आज धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदै

२०७४ कार्तिक २ बिहिबार
image not found
आज धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदै
 
बिहीबार, २ कार्तिक
 
यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, भ¥याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । 
 
लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । 
 
साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरिन्छ । सत्ययुगमा वामन अवतार लिएका भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।  आजै बेलुकी महिलाले समुह बनाएर भैलो खेल्ने गर्छन 
 

प्रमुख समाचार

कर्मचारी

View All