ताजा समाचार

News

वाम गठबन्धनको कार्यदलको बैठक बस्दै

२०७४ कार्तिक १ बुधबार
वाम गठबन्धनको कार्यदलको बैठक बस्दै
 
काठमाडौं, कात्तिक १ 
 
वाम गठबन्धनको कार्यदलको बैठक बस्दैछ । ललितपुरको एक घरमा बस्ने बैठकले आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलको बैठक समयमै सकिए आजै स्थायी कमिटि बैठक बस्नेछ । यसअघि हिजो बसेको स्थायी कमिटि बैठकले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा एकीकृत पार्टी निर्माणको लागि संयुक्त कार्यक्रम गर्ने, तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने तथा निर्वाचन क्षेत्र बाँडफाँड र घोषणापत्र निर्माणको कामलाई एकदुई दिनभित्रै टुंग्याउने निर्णय गरेको थियो । त्यसै अनुसार बुधबार कार्यदलको बैठक बस्न लागेको हो । यसैगरी प्रदेश र प्रतिनिधिसभा तुनावमा एमालेका उम्मेद्वारको चयन प्रक्रिया सुरु भएको पनि एमालले जनाएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All