ताजा समाचार

News

सुदुरपश्चिमका १५ वटा सामुदायीक क्याम्पसलाई विश्व विद्यालयको आङगीक बनाउने तयारी अन्तीम चरणमा

२०७४ असोज २९ आइतबार
image not found

सुदुरपश्चिमका १५ वटा सामुदायीक क्याम्पसलाई विश्व विद्यालयको आङगीक बनाउने तयारी अन्तीम चरणमा पुगेको छ । १५ वटा सामुदायीक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङगीक बनाउनका लागी विश्व विद्यालय अनुदान आयोगले सुदुरपश्चिम विश्व विद्यालयलाई पत्रचार गरेसंगै प्रक्रिया अन्तीम चरणमा पुगेको हो । आंगीक क्याम्पसका लागी शिक्षा र अर्थ मन्त्रालयले ४ सय ४४ वटा दरबन्दी स्वीकृत गरीसकेपछि मन्त्रीपरिषदले आंगीक बनाउने निर्णय गरेको थियो ।

विश्व विद्यालय अनुदान आयोगले आंगीक क्याम्पस बनाउने निर्णयलाई कार्यान्वयन गर्न सुदुरपश्चिम विश्व विद्यालयलाई पत्र पठाएको हो । अव १५ वटा क्याम्पसलाई आंगीक बनाउने आवश्यक सवै प्रक्रियाहरु सकिएको प्रस्तावित आंगिक क्याम्पस समन्वय समितिका सचिव तथा जयपृथ्वी वहुमुखी क्याम्पस भोपुरका प्राध्यापक दीपकराज जोशीले जानकारी दिनुभयो ।

सुप विश्व विद्यालयको आगिंक हुने की नहुने विवाद रहेको कैलाली वहुमुखी क्याम्पस सहित टीकापुरको टीकापुर वहुमुखी क्याम्पस, अत्तरीयाको दुर्गा लक्ष्मी वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाका गोकुलेश्वरमा रहेको गोकुलेश्वर क्याम्पस, खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्व विद्यालयको आगिंक क्याम्पस वनाउने निर्णय गरीएको छ ।

यसैगरी वैतडीका गोठालापानीमा रहेको जगन्नाथ वहुमुखी क्याम्पस, पाटनमा रहेको पाटन क्याम्पस र मेलौलीमा रहेको मणीलेक वहुमुखी क्याम्पस, डोटीको उच्चाकोटमा रहेको सीताराम वहुमुखी क्याम्पस, जोरायलमा रहेको घटेश्वर सेती महाकाली वहुमुखी क्याम्पस वाजुराका नौविसेमा रहेको वडीमालिका क्याम्पस र मार्तडीमा रहेको वाजुरा क्याम्पस र डडेल्धुराको जोगवुढामा रहेको त्रिवेणी वहुमुखी क्याम्पसलाई पनि मन्त्री परिषद्ले आगिंक क्याम्पस वनाउने निर्णय गरेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All