ताजा समाचार

News

रियल मड्रिडले मैदानमा पायो दुई रोनाल्डो

२०७४ असोज २९ आइतबार
image not found
रियल मड्रिडले मैदानमा पायो दुई रोनाल्डो 
 
असोज २९ – 
यो सिजन स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डोले शनिबार राति पहिलो गोल गरे । रोनाल्डोले अन्तिम समयमा गरेको निर्णायक गोलको मद्दतमा रियल मड्रिडले गेटाफेलाई २–१ ले हरायो । 
यो खेलमा रियल मड्रिडले मैदानमा केहीबेर दुई रोनाल्डो पाएको थियो । पहिलो हाफको खेल भइरहेका बेला मैदानमा जर्सी नम्बर सात र रोनाल्डो लेखिएको जर्सी लगाएका दुईजना थिए । दुवैको जर्सीमा रियल मड्रिडको किट पनि थियो । एक थिए, रियल स्टार क्रिष्टियोनो रोनाल्डो अनि अर्को उनका फ्यान जसले आफ्नो सुपर हिरो रोनाल्डोको नम्बरसहितको जर्सी लगाएका थिए । सुरक्षाका लागि खटिएका गार्डको आँखा छल्दै २१ औं मिनेटको खेल भइरहेका बेला मैदानमा छिर्न सफल भएका ति फ्यानले रोनाल्डोसँग गफ गर्न पनि भ्याए । त्यसपछि सुरक्षा गार्डले उनलाई मैदानबाट बाहिर निकालेका थिए । 

प्रमुख समाचार

कर्मचारी

View All